ADVERTISEMENT

आर्थिक चलखेलको आरोप सरकारको प्रायोजित प्रचार : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्ने आरोपको खण्डन गर्दै उक्त प्रचार सरकारद्वारा प्रायोजित भएको बताएका छन्।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले कांग्रेसको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न भएको तथा निर्वाचन आयोगले समेत त्यसलाई अद्यावधिक गरिसकेको स्पष्ट पारे।

उनले ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विधिसम्मत रूपमा अघि बढिरहेको बताए।

यसैगरी, सञ्चारमाध्यममाथि भइरहेको दबाब र विपक्षी दललाई बदनाम गर्ने उद्देश्यले तथ्यहीन आरोप फैलाइएको भन्दै शर्माले सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। मिडियामाथिको हस्तक्षेप र प्रायोजित प्रचार तत्काल बन्द गर्न उनले सरकारलाई चेतावनी दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार