ADVERTISEMENT

न्युजरुममा प्रहरी प्रवेशको छानबिन गर्न सरकारलाई रास्वपाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गरिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

 

पार्टीको सचिवालय बैठकले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने कार्य प्रेस स्वतन्त्रताविपरीत भएको निष्कर्ष निकालेको हो।

 

बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कुनै सम्झौता नगरी शीघ्र कारबाही गर्न सरकारलाई आग्रह गरिएको बताए।

 

रास्वपाले प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार