काठमाडौँ । प्रेस स्वतन्त्रताको सुनिश्चितता र पत्रकार पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घको आयोजनामा माइतीघर मण्डलमा पत्रकारहरूले बिरोध प्रदर्शन गरेका छन्।
वर्षाका बीच भिज्दै पत्रकारहरूले मौन प्रदर्शनमार्फत सञ्चार गृहमा प्रहरीको धरपकड र पत्रकार पक्राउको विरोध जनाएका हुन्।
शुक्रबार सादा पोसाकका प्रहरीले विभिन्न सञ्चार गृहमा पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए। चौतर्फी विरोधपछि उनीहरूलाई सोही साँझ रिहा गरिएको थियो।






सम्बन्धित खबर




प्रतिक्रिया