ADVERTISEMENT

आज देशभर वर्षा, काठमाडौँ र पोखरामा भारी सम्भावना

काठमाडौँ । देशभर मौसम बदली भएसँगै शनिबार अधिकांश स्थानमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तनहुँको साखरमा पछिल्लो तीन घण्टामा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा मापन भएको छ।

विभागले आज दिउँसो पनि देशभर वर्षा हुने पूर्वानुमान गरेको छ। काठमाडौँ र पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत छ भने जिरीमा ७० प्रतिशत तथा भैरहवा, सिमरा, ओखलढुङ्गा र जोमसोममा ६० प्रतिशत सम्भावना रहेको छ।

आज राति भने कुनै पनि सहरमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। राति जुम्ला र जोमसोममा चिसो बढ्ने अनुमान गरिएको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्रीसम्म झर्न सक्नेछ भने जोमसोममा माइनस १ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार