काठमाडौं । काठमाडौंमा लगातार वर्षा भइरहेकाले शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ।
दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। तर मौसमविद्ले दिउँसो २ बजेसम्म वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।
वर्षा रोकिएपछि पनि मैदानलाई खेल्नयोग्य बनाउन समय लाग्ने भएकाले पहिलो खेल हुनेमा अन्योल छ। साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल तय गरिएको छ।
एनपीएलमा रिजर्भ डे नरहेकाले वर्षाका कारण खेल रद्द भए दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ।
सम्बन्धित खबर




प्रतिक्रिया