ADVERTISEMENT

काभ्रेमा दुई स्थानमा पहिरो, बीपी राजमार्ग ठप्प

काठमाडौ । काभ्रेको रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

 

रोशी–९ पिन्थली र रोशी–८ गिम्दीबेँसीमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

निरन्तर वर्षाका कारण तत्काल सडक खुलाउन कठिन रहेको प्रहरीले जनाएको छ। साथै, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार