ADVERTISEMENT

आज केही प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

 

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

 

महाशाखाका अनुसार आज अपराह्नदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ भने आइतबार देशभर आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार