नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ बमोजिम बढीमा तीन महिनाका लागि गठन गरिएको समितिमा डा. गोपालबहादुर के.सी., डा. सुनिलकुमार सिंह, डा. बबिता पौडेल र डा. रेश्मा श्रेष्ठ सदस्य रहेका छन्।
कात्तिक ११ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिका पदाधिकारीलाई कात्तिक १२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा मनोनयन पत्र प्रदान गर्नुभयो।
सो अवसरमा मन्त्री पुनले अध्यादेशको मर्मअनुसार आवश्यक नियमावली तथा विनियमावलीको मस्यौदा तयार गर्ने, प्राज्ञ सभाको गठन प्रक्रिया अघि बढाउने तथा प्रतिष्ठानको अध्यक्ष चयन र उपाध्यक्ष मनोनयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो।
समितिले मन्त्रालय, नास्ट परिवार तथा सरोकारवालासँग समन्वय गरी प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी आधारभूत कार्य तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएको छ।





प्रतिक्रिया