बजारमा कारोबार रकमसमेत बढेको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भयो। यो वैशाख ३ गतेयताकै उच्च कारोबार हो।
आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक सकारात्मक रहे।
बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशत बढ्यो। त्यस्तै, सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमाको ५.६१ प्रतिशत र नेपाल फाइनान्सको ५.४९ प्रतिशतले मूल्य बढ्यो।
अर्कोतर्फ, एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.६५ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशतले घट्यो।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर रहे।




प्रतिक्रिया