ADVERTISEMENT

चक्रवात ‘अर्नब’को जोखिमलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क

काठमाडौँ। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले मातहतका सबै निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

 

चक्रवातका कारण नेपालमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले जनधनको सुरक्षा तथा जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 

सरकारले पदयात्रा तथा पर्वतारोहणमा जानुअघि मौसम पूर्वानुमान बुझ्न, हवाई सुरक्षामा सतर्कता अपनाउन र आधिकारिक सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अपिल गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार