काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८, तीव्रगतिमा सवारी चलाउने १०३, सिसीटिभी निगरानीबाट पहिचान भएका ४० तथा ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४ जना रहेका छन्।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जना कारबाहीमा परेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात सुनिश्चित गर्न नियमित तथा विशेष जाँचलाई निरन्तरता दिइएको बताए। उनले सवारीचालकलाई तोकिएको गति कायम गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक सङ्केतको पालना गर्न आग्रह गरेका छन्।




प्रतिक्रिया