काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको बिक्री दर १५२ रुपैयाँ ४९ पैसा र खरिद दर १५१ रुपैयाँ ८९ पैसा कायम भएको छ।
त्यस्तै, एक युरोको बिक्री दर १६९ रुपैयाँ ८८ पैसा र बेलायती पाउण्ड स्टर्लिङको २०३ रुपैयाँ ४ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको बिक्री दर १०७ रुपैयाँ १३ पैसा र क्यानाडियन डलरको १०८ रुपैयाँ ७७ पैसा रहेको छ।
खाडी मुलुकका मुद्रामध्ये कुवेती दिनारको बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा, कतारी रियालको ४१ रुपैयाँ ८४ पैसा र यूएई दिरामको ४१ रुपैयाँ ५२ पैसा कायम भएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने बैंकले स्पष्ट पारेको छ।




प्रतिक्रिया