ADVERTISEMENT

एकादशीमा पनि दसैँको रौनक, टीका थाप्ने क्रम जारी

काठमाडौ । बिजयदशमिको मुख्य दिनपछि आज एकादशीमा पनि दसैँको टीका र जमरा लगाउने क्रम जारी छ। हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गरिरहेका छन्।टीका थाप्नका लागि काठमाडौँबाट विभिन्न स्थानमा जाने तथा बाहिरबाट काठमाडौँ फर्किने मानिसहरूको चहलपहल बढेको छ। लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।

कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा लगाउने परम्परा रहेकाले विजयादशमीपछि पनि दसैँको उल्लास कायम रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार