ADVERTISEMENT

कांग्रेस सभापतिमा निर्वाचित गगन थापाद्वारा शपथ, पदभार ग्रहण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापाले शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका छन्।

बडादसैँको फूलपातीका दिन असोज ३१ गते शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले सभापतिको शपथ लिएका हुन्। शपथ ग्रहणसँगै उनले पार्टीको नेतृत्वसमेत औपचारिक रूपमा सम्हालेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएसँगै अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। महाधिवेशनबाट सभापतिसहित २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।नवनिर्वाचित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भने दसैँपछि गरिने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार