ADVERTISEMENT

 दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ।

दसैँ पर्वका कारण सफाइ कर्मचारीहरू बिदामा रहने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरपालिकाले जनाएको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले चार दिनसम्म उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्याएर घर तथा कम्पाउन्डमै व्यवस्थापन गर्न आग्रह गरेकी छन्।

उनले सडक तथा सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्दै कात्तिक ५ गतेदेखि भने नियमित रूपमा फोहोर व्यवस्थापन हुने जानकारी दिएकी छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार