ADVERTISEMENT

कठिन परिस्थितिमा पनि विधिको शासन सुनिश्चित गर्न प्रहरी सधैँ प्रतिबद्ध : महानिरीक्षक दानबहादुर कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा २८ जना प्रहरी कर्मचारी प्रभावित भएको बताएका छन्।

७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले भोटेकोशीको बाढीमा परी तीन जना प्रहरीले ज्यान गुमाएको र २५ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए।

उनले विपद्का बेला प्रहरीले अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय सहायतामा अग्रपङ्क्तिमा रहेर काम गरेको बताए।

कार्कीका अनुसार कर्तव्य पालनाका क्रममा हालसम्म १ हजार ७९८ जना प्रहरी कर्मचारीले वीरगति प्राप्त गरेका छन्। उनले कठिन परिस्थितिमा पनि विधिको शासन सुनिश्चित गर्न प्रहरी सधैँ प्रतिबद्ध रहने बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार