ADVERTISEMENT

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, पाँच दिनमा तीन लाख बढी यात्रु बाहिरिए

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढेको छ। घटस्थापनादेखि असोज २९ गतेसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

असोज २९ गते मात्रै ८५ हजार ५६१ यात्रु बाहिरिएका छन्। दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्।

सडक बिग्रिएका कारण सवारीसाधन सञ्चालन र व्यवस्थापनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन्। व्यवसायी महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार