ADVERTISEMENT

सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको हो। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार तोलामा ११५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार