ADVERTISEMENT

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

यस्तै, राति तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार