ADVERTISEMENT

गोरखाको बूढीगण्डकीमा भीषण बाढी, सल्लेरी बजार बगायो

गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

स्थानीयवासीका अनुसार नदीमा अचानक पानीको बहाव बढ्दा तटीय क्षेत्रका बस्ती तथा भौतिक संरचनामा क्षति पुगेको हो। बाढीबाट भएको क्षति र प्रभावित परिवारको सङ्ख्याबारे विस्तृत विवरण आउन बाँकी छ।

बाढीको सम्भावित कारण चुमनुब्री गाउँपालिका–७ स्थित छेकम्पार क्षेत्रमा गएको सुक्खा पहिरो रहेको अनुमान गरिएको छ। पहिरोले स्यार खोला थुनिएपछि जमेको पानी एक्कासि खुलेर बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, बाढीको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहान ठूलो आवाजसहित नदीमा पानीको बहाव अप्रत्याशित रूपमा बढेको थियो। स्थानीयवासी विशाल घलेले पनि सल्लेरी बजार बगेको र जगत बजारमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार