काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाका लागि आज बिहान ११ बजेर ४७ मिनेटको साइत निर्धारण गरेको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तय गरिएको हो ।
घटस्थापनाका दिन पूजा कोठा वा दशैंघरमा कलश स्थापना गरी जौ छरेर जमरा राख्ने परम्परा छ । नवरात्रभर दुर्गा भवानीका नौ स्वरूपको पूजा आराधना गरिन्छ । विजयादशमीका दिन टीका र जमरा लगाएर दशैं मनाउने गरिन्छ ।
यस वर्ष दशैंको टीका कात्तिक ४ गते परेको छ । समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट तोकेको छ ।
सम्बन्धित खबर







प्रतिक्रिया