मेष : समय उत्तम फलदायक छ । द्रव्य लाभ, खेल–परीक्षा आदिमा सफलता हुने सम्भावना छ ।
वृष : समय अनुकूल छ । सन्तान–सुख, धन प्राप्ति, प्रतिस्पर्धात्मक कार्यमा सफलता होला ।
मिथुन : बिहान समस्या आउन सक्छ । त्यसपछि कार्य सिद्धि, सन्तानसुख, आर्थिक लाभ होला ।
कर्कट : बिहान लाभ हुन सक्छ । त्यसपछि भने अपच, दौडधूप, विवाद नहोला भन्न सकिन्न ।
सिंह : तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, उन्नति–प्रगति हुने सम्भावना छ ।
कन्या : दिन शुभ भएकाले उपहार, कोसेली, पुरस्कार, उत्तम भोजन प्राप्ति हुने देखिन्छ ।
तुला : बिहान अस्वस्थता हुन सक्छ । त्यसपछि भने धन, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ ।
वृश्चिक : बिहान शुरुमा लाभ तर त्यसपछि अस्वस्थता, दुर्घटनाको भय, तनाव आइलाग्न सक्छ ।
धनु : समय अनुकूल छ । सन्तोष, कार्य सिद्धि, मिष्ठान्न भोजन, द्रव्य प्राप्तिको सम्भावना छ ।
मकर : तपाईंका लागि समय शुभ छ । राज्य–सुख, यश–ऐश्वर्य वृद्धि, कार्य सिद्धि हुन सक्छ ।
कुम्भ : बिहान बाधा आए पनि त्यसपछिको समयमा राज्य–सुख, सफलता, यश वृद्धि हुने देखिन्छ ।
मीन : बिहानको समय शुभ छ । त्यसपछि भने रोगको भय, कार्य बाधा, धन हानि हुन सक्छ ।







प्रतिक्रिया