ADVERTISEMENT

कांग्रेस छाडेकालाई पार्टीमा फर्काउने गगनको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी छाडेका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुनः कांग्रेसमा फर्काउने बताएका छन् ।

शनिबार १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै थापाले असन्तुष्ट बनेर टाढिएका साथीहरूलाई कांग्रेसमा फर्काउने प्रतिबद्धता जनाए ।

उनले पार्टीको काम गर्ने शैली परिवर्तन गरी नेता, कार्यकर्ता र समर्थकको विश्वास अझ बलियो बनाउने बताए ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार