काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजारमा १३ वटै उपसमूहका परिसूचक बढ्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ९० करोड रुपैयाँले वृद्धि भएको छ।
शुक्रबार ३५३ कम्पनीका १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ नाघेको छ। अघिल्लो दिन बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन बैंकिङ उपसमूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ४.९१ प्रतिशतले बढ्दा रिज लाइन इनर्जीको मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहँदा घलेम्दी हाइड्रो र हिमालयन डिस्टिलरीका सेयरमा पनि उल्लेख्य कारोबार भएको छ।
सम्बन्धित खबर







प्रतिक्रिया