ADVERTISEMENT

मधेशमा दसैं–तिहार–छठ लक्षित विशेष सुरक्षा योजना

जनकपुरधाम । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले प्रदेशका आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ।

असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म ७ हजार २२९ प्रहरी परिचालन गरिने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सबैभन्दा बढी धनुषामा १ हजार ५९९ प्रहरी परिचालन हुनेछन्।

सुरक्षा योजनाअन्तर्गत चेकिङ, मोबाइल तथा पैदल गस्ती, क्यूआरटी, स्ट्राइकिङ टोली, पिकेट, राजमार्ग स्कर्टिङ र यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ। सीमा क्षेत्रमा तस्करी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र बजार अनुगमनलाई समेत प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

चाडपर्वका समयमा हुने भीडभाड, चोरी–लुटपाट, पाकेटमारी, सडक दुर्घटना, ट्राफिक जाम, जुवा–तास, अवैध सट्टेबाजी, मादक पदार्थ सेवन तथा आतिसबाजीबाट हुनसक्ने जोखिम नियन्त्रणमा प्रहरीले विशेष निगरानी बढाउने जनाएको छ।

छठका घाटमा हुनसक्ने डुबान तथा भीडजन्य दुर्घटना, सीमा नाकामा बढ्ने आवतजावत र तस्करी तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षालाई पनि योजनामा समेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसी प्रभुप्रसाद ढकालले बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार