काठमाडौं । प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजसम्म हुने भएको छ।
संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले तीन दिन सुनुवाइ गर्ने निर्णय गरेको हो। प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्।
उजुरीमध्ये २ वटा सबै प्रस्तावित राजदूतविरुद्ध र ५ वटा निश्चित व्यक्तिलाई लक्षित गरी परेको समितिले जनाएको छ। प्राप्त उजुरी तथा प्रस्तावित राजदूतका कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिएको छ।
सम्बन्धित खबर





प्रतिक्रिया