ADVERTISEMENT

कांग्रेस केन्द्रीय सदस्यमा मुकेश घिमिरेको उम्मेदवारी घोषणा


काठमाडौं । नेपाली कांग्रेसका सिन्धुलीका नेता मुकेश घिमिरेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

घिमिरेले ३५ वर्षमुनिका युवातर्फबाट बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसमा सातै प्रदेशबाट ३/३ जनाका दरले ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

उम्मेदवारी घोषणा गर्दै घिमिरेले कांग्रेसमा रूपान्तरणको अभियानलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। उनले पार्टीलाई अनुभव र ऊर्जाको संगम बनाउन आफ्नो प्रयत्न रहने उल्लेख गर्दै अग्रजहरूको योगदान र बलिदानको संरक्षण गर्नु आफ्नो संस्कार भएको बताएका छन्।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार