काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
मंगलबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पदीय जिम्मेवारीको दुरुपयोग गरी अनधिकृत व्यक्ति वा निकायलाई सूचना चुहाउने प्रवृत्ति स्वीकार्य नहुने बताए।
गुरुङले राज्यको संवेदनशील सूचना निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै सूचना दुरुपयोग गर्ने व्यक्तिले कुनै उन्मुक्ति नपाउने स्पष्ट पारे।
यसअघि संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सोमबार पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको आरोप लगाएको छ।
सम्बन्धित खबर





प्रतिक्रिया