ADVERTISEMENT

उपसभापतिमा मिनेन्द्र रिजालको उम्मेदवारी घोषणा


काठमाडौं ।  नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

महाधिवेशनको बन्दसत्रले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिको संख्या १ सय ६७ बाट बढाएर २ सय ९७ तथा उपसभापतिको संख्या २ बाट बढाएर ४ पुर्‍याएको छ।

उपसभापति पदका लागि यसअघि पनि विभिन्न नेताले उम्मेदवारी घोषणा गरिसकेका छन्। ज्ञानेन्द्र कार्की, विनोद चौधरी, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, धनराज गुरुङ, सुरेन्द्र पाण्डे र जीवन परियारलगायतले दाबी प्रस्तुत गरेका छन्।

वर्तमान उपसभापति पुष्पा भुसालले महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने बताएकी छन्। प्रवक्ता देवराज चालिसे र चन्द्र भण्डारीले पनि उपसभापति पदमा दाबी गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार