काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको हो।
उनका अनुसार तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न कठिनाइ रहे पनि थप पहिरो नखसेमा आजैदेखि नियमित रूपमा सडक सञ्चालनमा आउनेछ।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि कृष्णभिर क्षेत्रमा राजमार्ग अवरुद्ध भएको थियो। गत भदौ १४ गते सडक भासिएपछि निर्माण गरिएको अस्थायी डाइभर्सनमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।
पहिरोको जोखिमका कारण रातभर बन्द रहेको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएपछि यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहजता भएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया