वर्षाले सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध


सुर्खेत । लगातारको वर्षासँगै रुख तथा विद्युत्का पोल ढलेपछि सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ। रुख हटाएर मर्मतको काम भइरहेको छ। लम्की–बाबियाचौर ३३ केभी लाइनमा भने ठूलो क्षति भएकाले तत्काल सेवा सञ्चालन गर्न कठिन भएको प्राधिकरणले जनाएको छ।

वीरेन्द्रनगर बजार फिडरको ११ केभी लाइनको पोल ढलेपछि विद्युत् सेवा आंशिक रूपमा सञ्चालनमा छ। सीतापाइला फिडरमा देखिएको फल्ट पनि मर्मत भइरहेको छ।

वर्षाका कारण जिल्लाका अन्य स्थानमा समेत ११ केभी तथा एलटी लाइनका पोल ढलेका छन्। प्रभावित क्षेत्रमा मर्मतसम्भार गरी क्रमशः विद्युत् सेवा सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार