काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताउनुभयो।
उहाँले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा प्रश्न सोध्नुअघि अनुमति लिने र भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने प्रचलन रहेको दाबी गर्नुभयो।
ओलीले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्ने प्रवृत्ति रोक्न सञ्चारकर्मीलाई आग्रह गर्दै पत्रकारिताको मर्यादा र अभ्यासअनुसार प्रश्न गर्न सुझाव दिनुभयो।
सम्बन्धित खबर

प्रतिक्रिया