काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख ३ हजार १ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। अघिल्लो दिन ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया