काठमाडौं । नेपाल राष्ट्र बैंकले थापाथलीस्थित नवनिर्मित भवनका लागि करिब ९ करोड ५० लाख रुपैयाँ बराबरको फर्निचर, फिक्चर्स तथा आन्तरिक सजावटको काम गर्ने भएको छ।
राष्ट्र बैंकले उक्त कामका लागि ‘फर्निचर हब–अल्फा–बाडु जेभी’सँग मूल्य अभिवृद्धि कर तथा प्रोभिजनल समसहित ९ करोड ४९ लाख ६३ हजार ५१४ रुपैयाँ ९८ पैसामा खरिद सम्झौता गरेको हो।
सम्झौताअनुसार कार्यादेश प्राप्त भएको मितिले २७० दिनभित्र फर्निचर, फिक्चर्स तथा इन्टेरियर फिनिसिङको सम्पूर्ण काम सम्पन्न गर्नुपर्नेछ। बोलपत्रमार्फत छनोट भएको उक्त जेभीमा फर्निचर हब मुख्य साझेदार तथा अल्फा इन्टेरियर्स र बाडु बिल्डर्स साझेदार रहेका छन्।
सम्बन्धित खबर

प्रतिक्रिया