रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता भएका व्यक्तिहरूमध्ये थप ११ जनाको शव फेला परेको छ।
असोज ३ गते नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले अडिट–३ टनेलमा खोजी गर्दा जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको हो।
बाढीपछि आयोजनास्थलबाट अझै केही व्यक्ति सम्पर्कविहीन छन्। बेपत्ताको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया