हुस्सुका कारण तीन महिनादेखि रेसुङ्गा उडान प्रभावित


काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने नियमित हवाई उडान तीन महिनादेखि प्रभावित भएको छ। वर्षायामसँगै बिहानपख बाक्लो हुस्सु लाग्ने र मौसम प्रतिकूल हुने भएपछि नेपाल एयरलाइन्सको नियमित उडान प्रभावित भएको हो।

स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको मौसम खराब हुँदा उडान सञ्चालनमा समस्या हुँदै आएको छ। रेसुङ्गा–काठमाडौँ रुटमा शनिबार, आइतबार र बिहीबार सातामा तीन दिन उडानको तालिका रहे पनि मौसमका कारण सेवा नियमित हुन सकेको छैन।

हाल गुल्मी–काठमाडौँतर्फ १० हजार ५१० रुपैयाँ र काठमाडौँ–गुल्मी १० हजार ७१० रुपैयाँ हवाई भाडा निर्धारण गरिएको छ। हवाई भाडा बढ्नुका साथै तम्घास–काठमाडौँ सडक यातायात सहज भएपछि हवाई यात्रुको चापसमेत घट्दै गएको बताइएको छ।

मौसम अनुकूल भएपछि नियमित उडान पुनः सञ्चालन गरिने नेपाल एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार