शक्तिशाली राष्ट्रले कमजोरमाथि शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : पन्त


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ।

काठमाडौंमा शुक्रबार ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै पन्तले अन्तर्राष्ट्रिय सम्बन्ध समानता, आपसी सम्मान र सहकार्यमा आधारित हुनुपर्ने बताउनुभयो।

उहाँले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने तथा साना देशमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नहुने उहाँको भनाइ थियो।

पन्तले व्यापार तथा ट्यारिफ युद्धको अवस्था अन्त्य गर्दै एआई र डिजिटल प्रविधिको प्रयोगमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार