पर्सा । भन्सार छलेर चोरीपैठारी गरी ल्याइएका १० वटा विद्युतीय स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गस्तीमा रहेको प्रहरी टोलीले ती स्कुटर नियन्त्रणमा लिएको हो।
बरामद गरिएका स्कुटरको बजारमूल्य करिब ८० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका स्कुटर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया