मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो


काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलो क्षेत्रमा खसेको लेदो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान सवा ९ बजेदेखि सडकमा दुवैतर्फी सवारी सञ्चालन भइरहेको छ। लेदो खसेपछि बिहान साढे ७ बजेदेखि उक्त खण्डमा सवारी एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार