काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (असई) जनपदतर्फ २११ जना माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ गरी १२३ पदमा आवेदन माग गरिएको छ।
इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
सम्बन्धित खबर






प्रतिक्रिया