चिलिमे जलविद्युत् केन्द्रबाट पाँच शव निकालियो


काठमाडौँ। चिलिमे जलविद्युत् केन्द्रमा बाढीका कारण ज्यान गुमाएका पाँच जनाको शव पहिचान गरी आज परिवारजनलाई हस्तान्तरण गरिएको छ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार मृतकमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ छन्।

उनीहरूको शव बुधबार चिलिमे जलविद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको कन्ट्रोल रुम क्षेत्रमा फेला परेको थियो। नेपाली सेनाको हेलिकोप्टरमार्फत शव नुवाकोट लगेर परिवारजनलाई हस्तान्तरण गरिएको हो।

भोटेकोशी नदीमा आएको बाढीले सुरुङ पुरिनुका साथै दुईवटा टर्बाइनसहित विद्युत् केन्द्रका सम्पूर्ण संरचनामा क्षति पुगेको कम्पनीले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी खटिएका थिए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार