बाढी–पहिरोले राजमार्ग अवरुद्ध, यातायात प्रभावित


काठमाडौं। बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती र कर्णाली प्रदेशका केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

काभ्रेको बीपी राजमार्ग, रसुवाका मुख्य सडक, नुवाकोटको पसाङ ल्हामु सडकखण्ड, धादिङको पृथ्वी राजमार्ग र हुम्लाको कर्णाली करिडोरका विभिन्न स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

धादिङको ज्वाङखोला र शीतलबजार तथा चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा भने पहिरो पन्छाउने तथा सडक मर्मतका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार