काठमाडौँ। मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने जनाइएको छ।
कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया