काठमाडौँ । सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको समयभित्र रमाना नदिई पुरानै कार्यालयमा काम गराए सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट थप अवधिको तलबभत्ता असुल हुने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरुवा भएका कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सरुवा कार्यान्वयन नगरी पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिए त्यस्तो रकम सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट असुलउपर गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिए उक्त रकम बेरुजु कायम गर्न महालेखा परीक्षकको कार्यालयलाई समेत अनुरोध गरेको छ।
सरुवा निर्णय कार्यान्वयन नहुँदा विशेषगरी स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाह प्रभावित भएको भन्दै मन्त्रालयले समयमै सरुवा कार्यान्वयन गर्न निर्देशन दिएको हो।

Screenshot

प्रतिक्रिया