भोटेकोशी बाढीमा मृतकको संख्या १,३९७ पुग्यो


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ९७ पुगेको छ। नेपाल प्रहरीले मंगलबार बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ९७ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्।

शव पहिचानका लागि मृतक तथा आफन्तका गरी ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको छ। हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार ४४० जना राखिएका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार