ऋषि पञ्चमीमा टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनको भीड


काठमाडौँ । ऋषि पञ्चमीका अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको भीड लागेको छ।

काठमाडौँ उपत्यकाका पुराना धार्मिकस्थलमध्ये एक मानिने ऋषेश्वर मन्दिरमा भाद्र शुक्ल पञ्चमीका दिन सनातनदेखि नै भक्तजनको भीड लाग्दै आएको छ।

ऋषि पञ्चमीका दिन महिलाहरू बिहानै उठेर नित्यकर्म सकेपछि तीज व्रतको पारायण गरी नदी, खोला, ताल, तलैया वा पोखरीमा स्नान गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार यस दिन ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर शुद्ध हुने गरिन्छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार