काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्गको यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकमा आवागमन रोकिएको छ भने रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध छ भने शीतलबजार क्षेत्रमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा सडक मर्मतका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। मनाङको चामे–बेँसीसहर सडकमा साना सवारी मात्र सञ्चालनमा छन्। हुम्लाको कर्णाली करिडोर भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया