काठमाडौँ। नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी ल्याउने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ।
काभ्रेको बल्थलीमा दुई दिनसम्म बसेको कार्यदल बैठकमा प्रतिवेदनका विषयमा सहमति जुट्न नसकेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो।
थापा कार्यदलका संयोजक हुन् भने पोखरेल सदस्यसचिव छन्। अब तीन नेताले दुवै प्रतिवेदनका विषयवस्तु समेटेर साझा प्रतिवेदन तयार गर्नेछन्।
सम्बन्धित खबर

प्रतिक्रिया