विस्तारित ब्रिक्स सहकार्यका लागि सीका पाँच प्राथमिकता


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विस्तारित ब्रिक्सलाई थप प्रभावकारी बनाउन पाँच क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।

नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनमा सीले कृत्रिम बुद्धिमत्ता, व्यापार तथा लगानी, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

उहाँले औद्योगिक तथा आपूर्ति शृंखला स्थिर राख्दै एकीकृत बजारको विकास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना, परम्परागत उद्योगको स्तरोन्नति र उदीयमान तथा भविष्यका उद्योगको विकासमा विस्तारित ब्रिक्सले ध्यान दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार