काठमाडौँ । रसुवागढी जोड्ने भोटेकोशी कोरिडोरमा आएको बाढीबाट स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार गत भदौ १० गते आएको बाढीबाट उत्पादनशील क्षेत्रमा ३४ अर्ब २८ करोड ५३ लाख रुपैयाँ प्रत्यक्ष क्षति भएको छ। व्यवसाय ठप्प हुँदा १ खर्ब १६ अर्ब ८ करोड ८९ लाख रुपैयाँ आर्थिक नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ। यससँगै कुल क्षति तथा नोक्सानी १ खर्ब ५० अर्ब ३६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
बाढीबाट करिब ४ हजार ८ सय व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। होटल तथा रेस्टुरेन्ट १ हजार २५९ र थोक तथा खुद्रा व्यापारका १ हजार २१२ प्रतिष्ठानमा
सम्बन्धित खबर

प्रतिक्रिया